राजा फर्काऊ अभियानमा लागेका दुर्गा प्रसाईं एमालेबाट निष्काशित
राजा फर्काऊ अभियानमा लागेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई एमालेले निष्काशित गरेको छ ।
पार्टीको सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै प्रसाईंलाई आज बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।