सरकारबाट भोलि नै एमाले बाहिरिने, पदाधिकारी बैठक बसेर निर्णय लिने
नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् ।
आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो ।
नयाँ राजनीतिक घट्नाक्रमपछि एमाले पदाधिकारी बैठक बस्न लागेको हो । एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।