Logo
१२ आश्विन २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् । तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो ।

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्