Logo
१२ आश्विन २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले कति योगदान गर्न सके थाहा छैन तर देशले क्रिकेट जितेको छ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफूले कति योगदान गरे भन्ने थहाँ नभएपनि देशले क्रिकेट जितेकामा खुसि भएको बताएका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो । ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई सिरिज जिताउन महत्वपूर्ण भूमिका खेल्यो ।

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्