Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर बर्षाबीच अब मनसुन नेपालको पश्चिमी भेगमा सक्रिय हुने

जल तथा मौसम विज्ञान विभागले आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय हुने बताएको छ ।

उस्ले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । बर्षा भने देशभर नै हुनेछ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ ।  ।

विभागका अनुसार पश्चिमका चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, हुदै कञ्चनपुरतिर मनसुन केन्द्रित भएकाले सोमबारसम्म ती स्थानमा भारी बर्षा हुनेछ ।

यता, भारी वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ ।

सामान्यतया नेपालमा मनसुन १० जुनबाट पुर्वी नेपालबाट सुरु भई देशभर फैलने गर्छ । मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद कँडेलले जानकारी दिइन् ।

उनका अनुसार आइतबार सबैभन्दा बढी पानी सिमारामा परेको छ । आइतबार विहान ८ बजेको विभागको रेकर्ड अनुसार सवैभन्दा बढी सिमरामा एकसय ९२ मिलिमिटर पानी परेको छ भने सवैभन्दा कम डडेलधुरामा ०.० मिलिलिटर पानी परेको छ । सामान्यतया एकसय मिलिमिटर भन्दा बढि पानी पर्दा भारी बर्षा भनिन्छ ।

 

 

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्