Logo
१२ आश्विन २०८१, शनिबार
(February 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खनालले भने राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिन्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए । कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए ।

आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए । ‘कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएँ । भारतीय कम्युनिस्ट नेताहरूको भेटघाट र छलफल भयो’ खनालले भने, ‘म नेपाल फर्किसकेको छु । अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै केही भएको होइन । मान्छेहरूले अनेक तरिकाले चर्चा गरी रहेका छन् । राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारेमा सोच्न सकिन्छ ।’

प्रकाशित मिति: Feb 19, 2023

प्रतिक्रिया दिनुहोस्