Logo
१२ आश्विन २०८१, शनिबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान हुँदै

अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो ।

यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भटराईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान थालिएको हो ।

अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् ।

त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । भने महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमार्फत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाएका थिए । महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको चितवन मोडल अपनाउन निर्देशन दिएका थिए । तर अखिलको नेतृत्वमा आकांक्षी धेरै हुँदा र अडान नछाड्दा अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बुझिएको छ ।

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्