Logo
१२ आश्विन २०८१, शनिबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए ।

हामीले अहिलेको समीकरण बदल्न चाहेको होइन । हाम्रो कारणले त्यस्तो परिस्थिति सृजना गर्नु हुँदैन भन्नेमा स्पष्ट छौँ’ श्रेष्ठले भने, ‘अहिलेको सरकारलाई संसद्मा भएका ९९ प्रतिशतले विश्वासको मत दिए । संसद्मा भएका सबैजसो पार्टीले प्रधानमन्त्रीज्यूलाई समर्थन गरे । यो ऐतिहासिक परिघटना हो ।

त्यस वातावरणले राष्ट्रिय सहमति कायम गर्ने वातावरण बनेको छ ।’ राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको श्रेष्ठले बताए । संसद्मा भएका सत्तापक्ष प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्