Logo
१२ आश्विन २०८१, शनिबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि विदेश लैजान अस्पतालको सिफारिस

ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ।

गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकार र डा।किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्।

सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ।

‘दुवै जनाको श्वास नलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।

सम्बन्धित समाचारस् ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

सम्बन्धित समाचारस् घाइते सांसद भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे काँग्रेस र एमालेका नेताहरू

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्