Logo
१२ आश्विन २०८१, शनिबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइकलको शतकमा नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट

माइकल भान लिंगेनको शतकीय पारीमा नामिबियाले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायो । नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।

गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे ।

नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो । त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।

आजको खेलमा नेपालले जित निकाल्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नामिबियाविरुद्ध नेपालले हालसम्म एकदिवसीय क्रिकेटमा जित निकाल्न सकेको छैन । दुई टोलीबीच चार खेल हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो भने तीन खेलमा नामिबियाले जित निकालेको थियो । यता नामिबिया पनि घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्