Logo
१२ आश्विन २०८१, शनिबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायीको जायज माग र मुद्दा सम्बोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने बताएका छन् ।

आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् ।

मन्त्री श्रेष्ठले भने -‘यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ । यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।’

यातायात व्यवसायी र यातायात मजदुरले भोगिरहेको समस्या मन्त्रालय र राज्यकै समस्या भएकोले यसको समाधान गरिने भन्दै मन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्