Logo
१२ आश्विन २०८१, शनिबार
(February 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो ।

गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो खेपमा सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले टर्कीका समकक्षी एचई मिस्टरसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् । सो क्रममा उनले टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् ।

परराष्ट्र मन्त्रालयले टर्कीस एयरलाइन्सले राहत सामग्री ढुवानीमा सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति: Feb 13, 2023

प्रतिक्रिया दिनुहोस्