Logo
१२ आश्विन २०८१, शनिबार
(February 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् ।

सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताए ।

उनले सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने बताए । मन्त्री पौडेलले सामुदायिक रेडियोहरूको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरूको समाधानका लागि प्रतिनिधिमूलक ढङ्गबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे ।

उनले रेडियोहरूको गति तिब्र रूपमा अघि बढ्न जरुरी रहेको बताए। नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्‍याउन सक्नुपर्ने उनले उल्लेख गरे ।

विगतका शान्ति प्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताए। रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ ।

 

प्रकाशित मिति: Feb 13, 2023

प्रतिक्रिया दिनुहोस्