Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेनाका स्थलअध्यक्ष नेपाल आउँदै

भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भारतीय स्थलसेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए ।

उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ ।

सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए । उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदैछन् ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्