Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल

नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल चयन भएका छन् ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएकाे जिल्ला अधिवेशनले भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे ।

अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा  बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेकाे हाे ।

त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति  र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्बसम्मत गठन गरेको छ ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्