Logo
१२ आश्विन २०८१, शनिबार
(February 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्की, सिरियामा भूकम्पमा परी १२ हजार मानिसको मृत्यु, अर्दोआनले गरे सरकारको बचाउ

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पपछिको अवस्थालाई सम्हाल्ने विषयमा उठेका प्रश्नमा सरकारको बचाउ गरेका छन् ।

उनले भने, ‘यति स्तरसम्म विपद्का लागि तयार रहन असम्भव छ ।’

टर्की र उत्तरी सिरियामा सोमबार आएको भूकम्पमा हालसम्म १२ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । आलोचकहरूले आपत्कालीन सेवा सुस्त गतिमा काम गरिरहेको र सरकारको तयारी पनि ठिक नभएको बताउँछन् ।

राष्ट्रपति अर्दोआनले केहि समस्याहरू भएको स्वीकार गर्दै अवस्था अब ‘नियन्त्रणमा’ भएको बताएका छन् । तर, टर्कीको मुख्य विपक्षी दलका नेता केमेल कुलुचतारोलोले यसमा असहमति जनाएका छन् ।

उनले भने, ‘यदि कोही यसका लागि जिम्मेवार छन् भने ती अर्दोआन नै हुन् ।’

राष्ट्रपतिले यी आरोपहरूको खण्डन गर्दै विपद्को समयमा एकता आवश्यक रहेको बताए । उनले पत्रकारसँगको कुराकानीमा भने, ‘यस्तो अवस्थामा मलाई राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउने मानिसहरू सहन गाह्रो छ ।’

सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्वले पूर्वाधारलाई ध्वस्त पारेको छ, यसले सहायता पुर्‍याउन गाह्रो बनाएको छ ।

भूकम्पपछि टर्की र सिरिया बीचको बाब अल–हवा क्रसिङ पूर्ण रूपमा बन्द छ र सडक अवरुद्ध भएका छन् ।

संयुक्त राष्ट्रका एक अधिकारीले सडक छिट्टै पहुँच योग्य हुने बताए । टर्कीका विदेश मन्त्री मेभलुत चेवुशोग्लुले सिरियामा सहयोग पुग्ने गरी दुवैतर्फको सिमाना थप खोल्न सक्ने बताएका छन् ।

युरोपेली सङ्घले सरकारको अनुरोधमा सिरियालाई ३।५ मिलियन युरो ९३१ करोड रुपैयाँ०को सहायता पठाएको पुष्टि गरेको छ । तर, यो सहयोग सरकार र विद्रोही दुवैको नियन्त्रणमा रहेको क्षेत्रमा पुग्नुपर्ने छ ।

इदलिब प्रान्तमा १५०० भन्दा बढी मानिस मारिएका छन् । सिरियाका राष्ट्रपति बसर अल–असदका सल्लाहकारले प्रतिबन्धले सिरियालाई अति आवश्यक सहायता प्राप्त गर्नबाट रोकेको बताए ।

 

प्रकाशित मिति: Feb 9, 2023

प्रतिक्रिया दिनुहोस्