Logo
१३ आश्विन २०८१, आईतबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने

प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरू गठनका लागि समय लाग्ने भएको छ ।

प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो । मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ ।

सो समितिलाई मस्यौदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो । सोही नियमावली बनेपछि मात्रै संसदीय समिति निर्माण र काम कारबाही अघि बढ्ने छ ।

यसअघिको प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा राष्ट्रिय सभासँग मिलेर २ वटा संयुक्त समिति गरी १२ वटा समिति रहेका थिए ।

अबको संसदमा के कस्तो समिति बनाउने, त्यसको नाम, काम, कर्तव्य र अधिकार नयाँ नियमावलीमा तोकिएअनुसार हुनेछ ।

प्रकाशित मिति: Jan 25, 2023

प्रतिक्रिया दिनुहोस्