Logo
१० माघ २०८१, बिहीबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसबाट ईश्वरी न्यौपानेद्वारा सभामुख पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दिएकी छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।

न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

यता सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन्।

घिमिरेको प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ रहेका छन् भने समर्थकमा उपप्रधान तथा मन्त्रीसन्त्री राजेन्द्र लिङ्देन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र हितराज पाण्डे रहेका छन्।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ।

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुँदैछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ। उक्त समय घर्किन लागेपछि प्रतिनिधिसभामा सभामुख चयन गर्ने तयारी गरिएको हो।

 

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्