Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको निर्वाचनका लागि सहमति जुटाउन बालुवाटारमा सर्वदलीय बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखकलगायतका नेताहरू उपस्थित रहेका छन् ।

त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल,नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चार मन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।

 

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्