Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा हामिले फोडोका हौं, अरु कसैको भूमिका छैनः राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा फुट्नुमा कुनै बाह्य शक्तिको भूमीका नरहेको बताएका छन्। राणाले पार्टी फुटमा पूर्व राजा, प्रधानमन्त्री, शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको दोष देख्नु राप्रपा अध्यक्ष कमल थापाको बर्बराहट भएको टिप्पणी गरे ।

रिपोर्टस क्लबले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राणाले पार्टी फुटको कारण आन्तरिक रहेको बताएका हुन् ।  नयाँ पार्टी खोल्न भारतको भुमिका रहेको हल्लालाई पनि उनले ठाडै अस्विकार गरेका छन्। ‘पशुपति शमशेर राणालाई पार्टी खोल्न कसैले सहयोग चाहिँदैन, उससंग नेपाली राजनीतिका प्रभावशाली साथीहरुको साथ छ, कसैले बहकाउँदा बहकिँदैन’, उनले भने ।

राणाले देशको आवश्यकता र पार्टी नेताहरुको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए । थापाले एकलौटी ढंगले पार्टी चलाउन खोजेकाले आफूले कठोर निर्णय लिएको बताउँदै उनले पार्टीलाई ध्वस्त हुनबाट बचाएको जिकिर गरे ।

राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मुलुकको धर्म, परम्परा र संस्कृतिलाई मान्ने पार्टी भएको दावी गरेका छन्। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मुलुकको धर्म, परम्परा र संस्कृतिलाई मान्ने पार्टी हो ।

मुलुकको गौरवमय इतिहास, समृद्ध संस्कृतिमा हामी अभिमान लिन्छौं’, उनले भने । उनले राजसंस्था र हिन्दु अधिराज्यबारे भने पार्टीले बैठक बसेर औपचारिक निर्णय लिने बताए।

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्