Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालबाट डा. भट्टराई डिस्चार्ज, सरकारी सहयोग नलिने घोषणा

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।  उनलार्ई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

साउन २० गते प्रोस्टेटको शल्यक्रिया पश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराईको स्वास्थ्यमा सुधार भएपछि बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिँदै शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैया  खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्