Logo
१४ आश्विन २०८१, सोमबार
(January 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ ।

यसअघि तीन पटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

प्रकाशित मिति: Jan 12, 2023

प्रतिक्रिया दिनुहोस्