थाह पाइराख्नुस् : यस्तो , दिल्ली जीबी रोडको ‘रेडलाइट एरिया’
मुटु ढक्क फुल्यो, घरमा श्रीमती सम्झिएँ, अगाडि १३–१४ वर्षदेखि ४०–५० वर्षसम्मका महिलाहरु शृङ्गारमा छोपिएर ग्राहकतर्फ छरिएका थिए । त्यस्तो अँध्यारो गल्ली र भर्याङ चढेर त्यहाँ पुगेकाले म स्याँस्याँ गर्दै थिएँ । दृश्य विल्कुल चलचित्रझैँ लाग्थ्यो । एउटी अधबँैसे महिला आएर मलाई चपाउँलाझैँ गर्दै भनी– “ए मेरे कस्मिरी सेउ, आजा यहाँ पे, जन्नत दिखाँदु !” कुनै चलचित्रको संवाद जस्तै लाग्छन् तर यो संवाद हामीले सुन्यौं । यी दृश्य हामीले देख्यौँ । दिल्लीको जीबी रोडस्थित रेडलाइट एरियामा, अनि यस एरियामा बस्ने र काम गर्ने अर्थात् यौनकर्मका लागि बाध्य र अभ्यस्त पारिएकाहरुको पसले जिन्दगी ।
पूर्वयोजनाः
दिल्लीको करोलबागमा बेचविखन प्रभावितको उद्धार र स्वदेश फिर्ती नियमावलीको दस्तावेज तयार पार्नका लागि दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीसहितको सरकारी टोली, गैरसरकारी टोली, भारतीय सरोकारवाला निकायसँगको कार्यशाला सकियो ।
अघिल्लो दिन देखिनै हामी नेपालकै योजना मुताविक आफ्ना योजना सफल बनाउन छलफलमा जुट्दै थियौं । पत्रकार मातृका पौडेल तथा सन्तोस सेढाईं उद्धारकार्यमा सहयोगी पात्र जसले धेरै पटक प्रहरीको साथमा विभिन्न कोठीबाट बेचविखन प्रभावित महिला तथा बालीकाहरुलाई उद्धार गरेका छन ।
मातृका सर र सन्तोष जीसँगको हाम्रो छलफल चल्यो र कोठीभित्र कसरी छिर्ने रणनीति पनि एकपछि अर्को बुन्दै गयौं । सुनिता दिदी (शक्ति समुूहको संस्थापक सदस्य) र दिलिप सर (वकिल)ले हुन सक्ने सम्भाव्य जटिलता बारे हामीलाई सम्झाए । हामी मनमनै एकदमै तयार र सजग थियौँ । हाम्रो उद्देस्य चलचित्रमा मात्र देखिएको र केही उद्धार कार्यमा समावेस हुने व्यक्तिले भनेको मात्र सुनेको यौनशालाको वर्तमान अवस्था बुझ्नु मात्र थिएन, कतिपयले कोठीमा बेचविखन रोकिइसक्यो, अब नेपाली महिला तथा बालिकाहरुको बेचविखन हुन्न भनेकाले पनि यसको सत्य तथ्य जान्नु थियो र उद्धारका नयाँ रणनीति बनाउन सहयोग गर्नु पनि थियो ।
नर्कको यात्राः
दिउँसोको कार्यशाला सकियो, अब पालो थियो । योजना मुताविक दिल्लीको मान्छे बेचिने भनेर नाम चलेको जीबी रोडस्थित विभिन्न कोठीहरुमा जाने तर कार्य सोचे जतिको सहज थिएन । हामी कुनै संस्थाको परिचय या पत्रकारका रुपमा जाने सोच्न सोच्न पनि सकिँदैन थियो । यो अवस्था पहिल्यै केही साथीहरुले भोगिसकेको कुरा सुनिता दिदीले बताउनु भएको थियो । सरकारी उपसचिवसहितको हाम्रो टोली अटोमा बाहिरी आवारण नियाल्न जीबी रोडतिर लम्कियौँ । हामी आत्मविश्वासका साथ यौनशालामा जाने ग्राहकको रुपमा प्रस्तुत गराउँदै लाग्याँै जीबी रोड, जो अङ्ग्रेजको पालादेखि नै आफूलाई नामुद बनाएर अडिग थियो, मान्छेको बजारमा ।
बाटो कताबाट कता लाग्यो केहि याद भएन । मातृका सर अटोको एक छेउमा म अर्को छेउ र बीचमा सन्तोष जी हुनुहुन्थ्यो । जीबी रोड छिर्ने बित्तिकै अन्दाजी सत्र अठार वर्षको चिम्से किशोर अटोमा झुण्डिन आयो । “आजाओ साब, अच्छी अच्छी माल दिखाता हुँ, खोली न…” मैले कोठी नम्बर बिर्सेँ मातृका सरले के भन्नु भो सुनिन । तर मित्र सन्तोषले हामी नियमित आइरहने हो । तल झर भने रुखो हिन्दी भाषामै । कतै अटोवालाले हाम्रो वास्तविकता खोल्दिने हो कि भन्ने झिनो डर पनि थियो भने अर्कातर्फ मनमा गन्तव्यमा पुग्ने लालसा झनै झ्याङ्गिएको थियो । अटो रोक्यो, हामी सीधै खोली नं. ५६ मा छिर्यौँ, सडक अनि सडकको छेवैमा पान गटखा तथा जुसका ठेले र घुम्ती पसलहरु त्यसभित्र छतमुनि पेटीबाट आवत जावत भुइँ तल्लामा हार्डवेयर लगायतका पसल र माथिल्लो तलामा फलामको ग्रिल भएका झ्यालहरु थिए । कुनै झ्यालबाट बाहिर हेरिरहेका महिला पात्रहरु देखिन्थे । यद्यपि हामीले टाउको ठड्याएर हेर्ने आट गरिहालेनौँ ।
म सबैभन्दा पछि लागेँ, हातमा सल्केको चुरोट बोकेर तथा चुइगम चपाउँदै सबैभन्दा पछि पछि लुरुलुरु । भ¥याङ पान र गुटखाले फोहोर देखिन्थ्यो । पुरानो टायल फुटिसकेका र चर्केका थिए । साँघुरो भ¥याङका मोड मोडमा वृद्ध रोगी महिलाहरु माग्न बसेका थिए । मैले अनुमान गरेँ, सायद कोठीबाट रिटायर भएपछि यो हविगत हुन्छ होला । पहिलो तल्लामा अधवैँसे महिला देखिए । हामीलाई आकर्षित गर्न होला सायद केहिले केहि दोहोरो अर्थ लाग्ने भाषा र अदाले हामीलाई बोलाउँदै थिए । तर हामी अँधेरो र साँघुरो भ¥याङ हुँदै सायद चार पाँच तला पुग्यौं । सायद ग्राहक आउने मध्य समय नभएकाले होला कोही सरसफाइमा व्यस्त थिए भने कोही मेकअपमा मस्त । हामीले के महसुुस ग¥यौँ भने जति हामी माथिल्लो तल्ला चढ्दै जान्थ्यौँ, त्यति नै कम उमेरका महिला तथा किशोरीहरु देखिँदै जान्थे । हामी अन्ततः माथिल्लो तल्लामा उज्यालो बीच आफूलाई पायौं ।
वरपर पन्ध्र बीस जति महिला तथा किशोरीहरु थिए । कोही उभिएका, कोही बसेका कोही लिपिस्टिक पाउडर लाउँदै । हामी कोही एकअर्काका बीच बोलेनौँ । हाम्रो योजना त थिएन त्यस्तो तर बोल्ने आँट पनि आएन । मुटु ढक्क फुल्यो, घरमा श्रीमती सम्झिएँ, अगाडि १३–१४ वर्ष देखी ४०–५० वर्षसम्मका महिलाहरु शृङ्गारमा छोपिएर ग्राहक तर्फ छरिएका थिए । त्यस्तो अँध्यारो गल्ली र भर्याग चढेर त्यहान् पुगेकाले म स्याँस्याँ गर्दै थिएँ । दृश्य बिल्कुल चलचित्रझँै– एउटी अधबैसे महिला आएर मलाई चपाउला झैँ गर्दै भनी “ए मेरे कस्मिरी सेउ, आजा यहा पे, जन्नत दिखाँदु !” नजिकै अर्को झुण्ड स्पिकरमा गीत सुन्नमा व्यस्त थियो– “सुन साइली परदेसबाट म आउँला….चालिस कटेसी रमाउँला…।”
म ट्वाईलेट गएँ, भित्र पुगेर मोबाइलमा रेकर्डर अन गरेर बाहिरिएँ । बाहिर मातृका सरहरुले त्यहाँको वस्तुस्थिति हेरिसक्नु भएको थियो । जहा झण्डै असी प्रतिशत नेपाली थिए र त्यसका आधाभन्दा बढी किशोरीहरु तामाङ लवजमा हिन्दी बोलेको प्रष्ट हुन्थ्यो । वरिपरि बाउन्सर जस्ता देखिनेहरु पनि प्रशस्तै थिए तर को ग्राहक को त्यहाको साँढे चिन्न मुस्किल थियो । त्यसपछि हामी बाहिरियौँ ।
ओर्लंदै गर्दा एउटाले सोध्यो “क्युँ पसन्द नही आया ?” “नही सारे सुखे पढ गए यहा तो !” मैले रेगुलर ग्राहकजसो गरी बोलेँ प्वाक्क ।
मातृका सरले अन्य अन्यमा समेत जाने र बालिकाहरु कत्ति छन अनुमान लाउने सोच बनाउनुभयो । हामी अर्को भर्याङ चढेर उक्लियौं ।
चुरो कुरोः
चुरोटको धुवाँ उडाउँदै गरेकी एउटी किशोरी मुखमा नङ टोक्दै हामीलाई हेर्दै थिई । त्यसैबेला छेवैमा घुँडामा मुन्टो लाएर बसेको अधबैँसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधेँ । पछि थाहा भो त्यहाँ नेपाली महिलाहरु कोठी मालिक्नीको दर्जासम्म पनि पुगिसकेका रहेछन । हामीले एकछिनमा आफू यौनसम्बन्धका लागि तयार रहने बताएर कामुक मुस्कान छाड्दै बाहिरियौँ । पाँच सातवटामा अवलोकन गरेपछि मातृका सरले सोध्नु भो, नयाँ भर्खर ल्याइएका कहाँ छन् त ? नयाँलाई अलग्गै घरमा बन्दी बनाएर यातना दिइँदो रहेछ । धन्दाका लागि राजी भएपछि मात्र यहाँ राखिदो रहेछ । अबोध र खालि दिमागमा कोठी मालिक्नीले ब्रेन वास गरेर आफू अनुकुल बनाएर कोठीमा परिचालन गर्दा रहेछन् । त्यसैले नबुझीकन ग्राहकका रुपमा गएर सहायता दिन खोज्नु खतरा हुदो रहेछ । त्यहाँ यौनकर्मी बन्नुअघि बेचबिखन पीडित हुनुको अनुभव सबै लुकाउँन बाक्लो मेकअप गराइदो रहेछ ।
नेपाली संस्थाहरुले पठाएको हराएकाको रिपोर्टको आधारमा र यस्तै अनुगमनको आधारमा प्रहरीलाई बालिकाहरुको उद्धार गर्न भन्छन् र उद्धार हँुदोरहेछ र मिसिङ केसको बहानामा प्रहरीलाई दबाब दिएर फेला परेका बालिकाहरुलाई बाहिर ल्याइँदोरहेछ । तर सूचना लिक भएर बालिकाहरु गोप्य कोठामा थुनिँदा रहेछन् र कतिपटक प्रहरी र संस्थाहरुले भित्तो फोरेर निकाल्दा रहेछन् । तर सरकारी स्तरबार भारत सरकारसँग उद्धार तथा स्वदेस फिर्तीका विषयमा सम्झौता कमै मात्र गरेका छन । स्वदेस फिर्ता गर्दा बेचविखनमा परेका ती बालीकाका मुख्य समस्या पत्ता नलगाई काम गर्दा कतै उद्धार र स्वदेसफिर्ती देखाउनका लागि मात्र भएको छ । त्यसैले बालबालिकालाई यस्तो नर्कमा आउनबाट रोक्न सकिन्नँ । @ रातोपाटी