Logo
१४ आश्विन २०८१, सोमबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णयमा ४ जनाको असहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने काँग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरूले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्