Logo
१४ आश्विन २०८१, सोमबार
(January 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपा बैठक : विश्वासको मतबारे निर्णय अधिकार अध्यक्ष ठाकुरलाई

लोकतान्त्रिका समाजवादी पार्टी लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेनदिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आइतबार बसेको सो पार्टीको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । सोही बैठकले संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: Jan 8, 2023

प्रतिक्रिया दिनुहोस्