Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम व्यवसायीले २६ साउनदेखि पेट्रोल नकिन्ने

बुटवल : पेट्रोलियम व्यवसायका समस्या सम्बोधन नभएको भन्दै पश्चिमाञ्चलका व्यवसायी आन्दोलित भएका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । एशोसिएसनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्नेलगायतका माग राखेको छ ।

सरकार तथा आयल निगम समक्ष पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष एवं आन्दोलन समितिका संयोजक प्रेम न्यौपानेले ४ हजार लिटर पेट्रोल तथा डिजेल एकपटक ढुवानी गर्दा ४० लिटरदेखि ८० लिटरसम्म प्राविधिक कारणले हराउने दावी गरे ।

ट्यांकरमा इन्धन भर्ने, ढुवानी गर्ने र पु¥याउने ठाउँको तापक्रमका कारण इन्धन कम हुने उनले बताए । त्यसरी घटेको इन्धनको परिमाणअनुसार आयल निगमले क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे । खरिद बन्द गर्नेसम्मका आन्दोलन२० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने र २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष न्यौपानेले आयल निगमले मुलुकका विभिन्न ठाउँमा खरिद गरेको जग्गामा आर्थिक बदमासी भएको भए कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे । जग्गा खरिद विवाद सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा न्यौपानेले बदमासी भए नभएको छानविन हुनुपर्ने बताए ।

उनीहरूले भलवारी डिपोमा लोडिङ, अनलोडिङ प्वाइन्ट बढाउनुपर्ने, पेट्रोलको स्टक क्षमता वृद्धि गर्नुपर्ने, आयल निगमले बिक्रेतालाई उपलब्ध गराउने पेटोलियम पदार्थको परिमाण गुणस्तर तथा नापतौल कार्यालयले समेत प्रमाणित गरेको हुनुपर्ने, पेटोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले गत ३० जेठमा आयल निगमसमक्ष पेश गरेका सबै माग अविलम्व पूरा गर्नुपर्ने लगायतका माग व्यवसायीका छन् ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्