Logo
१४ आश्विन २०८१, सोमबार
(January 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई विश्वासको मत दिन माधव नेपाल सकारात्मक

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् ।

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।  प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष नेपालले भने,‘ उहाँ (प्रचण्ड) ले विश्वासको मत दिन आग्रह गर्नुभयो । मैले हामी यसबारेमा पार्टीमा छलफल गर्छौ भन्ने जवाफ दिएँ ।’

भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी नभएको नेता नेपालको भनाइ छ । ‘यसबारे कुनै कुराकानी भएन, खाली विश्वासको मतका बारेमा मात्रै कुरा भयो’, अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति: Jan 4, 2023

प्रतिक्रिया दिनुहोस्