Logo
१४ आश्विन २०८१, सोमबार
(January 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजपा अध्यक्ष प्रभु साहलाई पूर्व मन्त्री रामवीर मानन्धरको साथ

पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।

लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्व सहमति अनुरुप मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

हाम्रो पार्टी अध्यक्ष प्रभु साह र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबीच भेटवार्ता भएको हो । उहाँहरु शहरी विकास मन्त्रालयमा हुँदा देखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो भेट । उहाँ ९रामवीर मानन्धर० हाम्रो पार्टीको साथमा हुनुहुन्छ । यादवले संक्षिप्त जानकारी दिदै भने ।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका मानन्धर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति: Jan 3, 2023

प्रतिक्रिया दिनुहोस्