Logo
१४ आश्विन २०८१, सोमबार
(January 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डले सरकारको स्पीरिट अनुसार काम गर्न सचिवहरुलाई निर्देशन दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको छ । मंगलबार बाँकी मन्त्रालय र आयोगहरुका सचिवहरुबाट ब्रिफिङ हुने छ ।

प्रचण्डको सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्माले ब्रिफिङ सकिएपछि प्रधानमन्त्रीले बिहान ११ बजे सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने जानकारी दिए ।

सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य उद्देश्य प्राप्तिका लागि सोही स्पीरिटमा काम गर्न प्रचण्डले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 3, 2023

प्रतिक्रिया दिनुहोस्