Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमि सुधार गर्न चारवटा विधेयक लिएर मन्त्री संसदमा जाने

काठमाडौँ : भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न मन्त्रालयले छिट्टै चारवटा विधेयकलाई संसद्मा लैजाने बताएका छन् । उनले भूमि, नापी क्षेत्रमा के–कति काम भए भन्ने अभिलेख राख्न तथा देशभर भूमि क्षेत्रमा भएका कामका बारेमा जानकारी पाउन मन्त्रालय चाँडै अनलाइन प्रक्रियामा जान लागेको बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा मन्त्री दहितले भूमि, गुठी, नापीसम्बन्धी नीतिलाई मन्त्रिपरिषद् हुँदै डेढ महिनाभित्र ऐन निर्माणका लागि संसद्मा लैजाने बताएका हुन् । ‘भूमि प्रशासनमा हुने अनियमितता रोक्न र भूमिसम्बन्धी सम्पूर्ण अभिलेख राख्न यस्ता ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने ।

मन्त्री दहितले तराई क्षेत्रका मुक्त कमलरीका लागि भदौ पहिलो हप्तादेखि परिचयपत्र वितरणको कामलाई अगाडि बढाउने जानकारी दिए । अर्को फरक प्रसंगमा मन्त्री दहितले प्रान्त र केन्द्रको निर्वाचन गराउने कुरामा सरकार गम्भीर रहेको बताउँदै प्रान्त र केन्द्रको निर्वाचन एकै चरणमा हुन नसक्ने उल्लेख गरे। ‘केही ठाउँमा अहिले पनि सीमाको समस्या कायम छ, सीमाको समस्या समाधान नगरेसम्म निर्वाचन हुन सक्दैन’ उनले भने । रासस

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्