Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयको अवस्था: शिक्षकहरु आउँदै कुर्दैं फर्किदै

हुम्ला : नाम्खा गाँउपालिका ५ मुचु तुम्कोट खिरपानीको आधारभुत विद्यालयमा शिक्षक प्रसस्तै छन् तर विद्यार्थी भने छैनन । सँधै शिक्षकहरु विद्यालयमा आउँदै कुर्दैं फर्किने गर्छन । हुम्लाकै कतिपय विद्यायलमा विद्यार्थी मनग्ये छन् तर शिक्षक भने पाउन मुस्किल पर्छ । सो विद्यालयमा शिक्षक भएपनि विद्यार्थी भने छैनन् ।

उक्त विद्यालयको रजिस्टरमा ११ जना विद्यार्थीहरुले उपस्थिति रहेको रेकर्ड भएपनि विद्यार्थी भने कहिले तीन/चार जना आउछन् त कहिले विद्यालय नै खाली हुन्छ । विद्यालयका प्रधानाध्यापक कासीलाल चौधरीले विद्यालयमा विद्यार्थी नआउनुको मुख्य समस्या बासिन्दाहरुको निश्चित बसाई नभएर कारण भएको दाबी गर्छन् ।

३० वर्षसम्म हुम्लामा शिक्षण पेसामार्फत जीवन गुजारेको बताउने प्रधानाध्यापन चौधरीले भने,‘विद्यालयमा विद्यार्थीहरु नहुदा समय बिताउन निकै समस्या भएको छ ।’ उनले विद्यालय वरपरबाट चार जना र बाहिर हेप्का, केर्मीलगायतका क्षेत्रबाट चार जना विद्यार्थीहरु पढ्न आउने गरेका बताए ।

यस्तै, अरानीको विद्यालय यारीमा विद्यार्थीहरुको संख्या ३५ जना भएपनि विद्यालयमा शिक्षकहरु भने अनुपस्थित हुने गरेको पाइएको छ । चार शिक्षकहरु भएको सो विद्यालय एक शिक्षकको भरमा सञ्चालन भइरहेको छ । जिल्लाकै खिरपानी विद्यालय तुमकोटमा एक÷एक जना सरकारी निजी शिक्षक गरी दुई जना शिक्षक रहेको स्थानीय मुचु तम्कोट बजारका गिर्मे तामाङले बताए ।

कुनै विद्यालयमा शिक्षक नहुदा विद्यार्थीहरुले समस्या भोग्दै आएका छन् भने कतै विद्यालयमा विद्यार्थीहरु नहुदा शिक्षकहरुले सास्ती खेप्नु परेको तामाङले बताए । जिल्ला शिक्षा कार्यालय हुम्लाले केही महिना अघि अनुगमन गरेको बताए पनि खिरपानी विद्यालयसम्म नपुगेरै फर्किएको स्थानीयको गुनासो छ । हुम्लाका जिल्ला शिक्षा अधिकारी मदनबहादुर थापाले केही महिना अघि विद्यालय अनुगमनमा जाँदा अरानीको विद्यालयमा शिक्षक र विद्यार्थीहरुको राम्रो उपस्थिति पाएको दाबी गर्छन् । प्रथामिक विद्यालय खिरपानीमा आफु पुग्न नसकेको उनले स्विकारेका छन् ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्