Logo
१४ आश्विन २०८१, सोमबार
(December 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभाका ज्येष्ठ सांसद जबराले राष्ट्रपतिबाट बुधबार शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई बुधबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् ।

सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार उनको सपथअनुसार बुधबार सपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए । राणाले बुधबार राष्ट्रपतिबाट शपथ लिएपछि उनले बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा सपथ गराउनेछन् ।

प्रकाशित मिति: Dec 20, 2022

प्रतिक्रिया दिनुहोस्