Logo
१४ आश्विन २०८१, सोमबार
(December 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला

झापाकोचारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत फेला परेको प्रहरीले जनाएको हो ।

चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ वर्षीय लिम्बू र नाम नखुलेकी उनकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको जनाइएको छ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 20, 2022

प्रतिक्रिया दिनुहोस्