Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्ना र तालाबन्दीका कारण दुई महिनादेखि कृषि विश्वविद्यालय ठप्प 

चितवन : निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पठन पाठन लगायत सबै काम कारबाही ठप्प भएको छ। असार ६ गतेदेखि आन्दोलन सुरु गरेका विद्यार्थीहरुले गएको हप्तादेखि सबै काम ठप्प पारी क्याम्पसको गेटमा धर्ना दिएका छन् ।

विश्वविद्यालयले सरकारको योजना अनुसार सातवटै प्रदेशमा आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेकाले तालाबन्दी गरेर आन्दोलन थालेको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले असार ६ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीको माग सुनुवाई नगरी काठमाडौमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प पारेर सात दिनदेखि धर्नामा बसेको अम्गाईंले बताए ।

विश्व विद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयका काम प्रभावित भएको बताए । विश्वविद्यालयले नवलपरासीको गैडाकोटमा २, परासीमा १, झापामा १, इटहरीमा १, सप्तरीमा १ सुर्खेतमा १, कैलालीको टीकापुरमा १ र काठमाडौंमा १ गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिन लागेको विद्यार्थी संगठनहरुको आरोप छ ।

करोडौं रकमको चलखेल गरी निजी कलेजलाई सम्बन्धन दिन लागिएको अनेरास्ववियु क्रान्तिकारीका अंगाईले बताए । विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले सम्बन्धन दिन तीनबर्ष अगाडि नै विज्ञापन खुलेको भन्दै अहिले प्रक्रिया सुरु भयो भन्नु भएको बताए । शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको जानकारी दिंदै उनले रोक्दा रोक्दै पनि सुख नपाइएको प्रतिक्रिया दिए ।

उपकुलपति ढकालका अनुसार सम्बन्धनका लागि २४ वटा आवेदन परेको थियो । ती सबैमा स्थलगत अध्ययन गरेपछि १४ वटाको प्रतिवेदन बुझाइएको उनले बताए । विश्वविद्यालय सभाबाट पारित भएर विश्वविद्यालयले ७ वटा आंगिक क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया समेत अगाडि बढाएका बेला निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने उपप्राध्यापक अनन्त सुवेदी बताउँछन् ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्