Logo
१४ आश्विन २०८१, सोमबार
(December 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभाका सांसदहरुको शपथ पुस ७ गते हुने

नयाँ सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पुस ७ गते १ बजे सपथको समय तोकिएको जानकारी दिए ।

संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ हालको संसद भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गराइनेछ । तर, जेष्ठ सदस्य को भन्ने टुंगो लागिनसकेको सचिव योगीले जानकारी दिए ।

‘हामी आयोगले उपलव्ध गराएको सांसदहरुको उमेर खुल्ने विवरण अध्ययन गरिरहेका छौं । आज बेलुकासम्म जेयष्ठ सदस्य पहिचान गर्ने र राष्ट्रपतिलाई ति सदस्यको शपथका लागि पत्र पठाउँछौं’, योगीले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनुहुनेछ ।’

प्रकाशित मिति: Dec 19, 2022

प्रतिक्रिया दिनुहोस्