Logo
८ मंसिर २०८१, शनिबार
(December 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ ।  दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ ।  कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् ।

एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेका पश्चिमी सहयोगीहरूलाई किभलाई थप र राम्रो वायु रक्षा प्रणालीहरू आपूर्ति गर्न आग्रह गरे।

फेब्रुवरी २४ मा सुरु भएको हमलाको अवसर पारेर मस्कोले अर्को वर्षको सुरुमा नयाँ आक्रमणको योजना बनाएको छ युक्रेनले अनुमान गरेको छ । झन्डै १ वर्ष लामो युद्धमा युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र हमला भएको छ ।

प्रकाशित मिति: Dec 18, 2022

प्रतिक्रिया दिनुहोस्