Logo
१४ आश्विन २०८१, सोमबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी समुदायको सूचीबाट हटाइयो थारु र मुस्लिम

मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन(२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको हो ।

मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले जानकारी दिए । उनका अनुसार थारु र मुस्लिम समुदायका विभिन्न संघ(संगठनले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र मधेसी समुदायसँग नमिल्ने भएकोले उक्त सूचीमा नराख्न आयोगमा निवेदन दिएका थिए ।

मधेसी आयोगले २०७८र७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिमसहित १४९ थरलाई मधेसीको रूपमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्