Logo
१४ आश्विन २०८१, सोमबार
(December 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए ।

आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि पनि जबराले आफू सर्वोच्च जान लागेको भनेपछि बारले विरोध जनाएको थियो । उनले संसद् सचिवालयबाट महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएकाले अब के गर्ने भनेर बारको बैठक बसेको हो ।

प्रकाशित मिति: Dec 7, 2022

प्रतिक्रिया दिनुहोस्