Logo
१४ आश्विन २०८१, सोमबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, ४ को अवस्था गम्भीर

पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने ती घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आइतबार दिउँसो दुर्घटनामा परेको प्रहरी जानकारी दिएको छ ।

सैनिक कर्मचारी चढेको गाडी अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् । घाइतेको १३ जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँको आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्