Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसन तोड्न डा. गोविन्द केसीलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौ । नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरलले विगत १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन फिर्ता गर्न आग्रह गरेका छन् । तत्काल अनसन फिर्ता गरेको खण्डमा चिकित्सा शिक्षा विधेयक चाडै संसदमा पुग्ने उनको भनाइ छ ।

हामी आवश्यक गृहकार्यमा जुटेका छौं,’ आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झाले पनि यो विधयेक पारित गराउन अथक प्रयास गरिरहनु भएको छ ।’

उनले चिकित्सा शिक्षा विधयेकमा सबैलाई समेट्नु पर्ने तथा यसको प्रकृयामा आफू बाँधिएकोले पनि समय लागेको स्पष्ट पारे ।  विशेषगरी संसदको सार्वभौमसत्ता तथा मर्यादालाई ध्यानमा राखेर अनसन फिर्ता गर्न उनले डा. केसी समक्ष आग्रह गरेका छन् ।

उनले आफू शिक्षा मन्त्री हुँदा नै डा. केसी पुनः अनसन बस्न नपरोस् भनेर यसलाई टुङ्गग्याउन खोजेको समेत बताए । तर राजनैतिक कारणले पनि आफूले सोचे जस्तो सबै कुरा नभएको उनले बताए ।

‘प्रधानमन्त्री शेर बहादुर देउवाले निकास खोज्ने सम्बन्धमा यसअघि नै दिएको निर्देशन अनुसारै अहिले शिक्षा मन्त्रीका साथमा हाम्रो कुरा भैरहेको छ ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्