गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी विजयी
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।
शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।
ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।