Logo
१३ आश्विन २०८१, आईतबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए ।

दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्