Logo
१३ आश्विन २०८१, आईतबार
(November 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : निर्वाचन आयोग

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ ।

निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो ।

४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।

प्रकाशित मिति: Nov 17, 2022

प्रतिक्रिया दिनुहोस्