Logo
९ मंसिर २०८१, आईतबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियामाथि लाग्यो अब ‘सबैभन्दा कडा’ प्रतिबन्ध

बीबीसी : संयुक्त राष्ट्र सुरक्षा परिषद् उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउनका लागि सहमत भएको छ । सुरक्षा परिषद्ले उत्तर कोरियाको निर्यातमाथि प्रतिबन्ध र त्यहाँ लगानीको सीमा तय गर्ने प्रस्तावलाई सर्वसम्मतीले मञ्जुरी दिएको छ । संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यसलाई कुनै पनि देशमाथि लगाइएको सबैभन्दा कडा प्रतिबन्ध बताएकी छिन् ।

उत्तर कोरियाले जुलाईमा दुई इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको परिक्षण गर्दै अब आफूसम्म अमेरिका पूरै ध्वस्त पार्ने क्षमता भएको दाबी गरेको थियो । यद्यपी, जानकारले यी मिसाइलको क्षमतामाथि शंका व्यक्त गरेका छन् । यी परिक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले कडा निन्दा गरेका थिए र यहीबाट उत्तर कोरियामाथि नयाँ प्रतिबन्धको भूमिका तयार भएको हो ।

कति नोक्सानी होला ?

चीनको कोइला, कच्चा धातु र अन्य कच्चा पदार्थको निर्यात उत्तर कोरियाको अर्थव्यवस्थाको ठूलो स्रोत हो ।

एक अन्दाजका अनुसार उत्तर कोरिया हरेक वर्ष तीन अर्ब डलरको सामान अन्य देशमा बेच्दछ र नयाँ प्रतिबन्धले उक्त देशको एक अर्ब डलरको व्यापार समाप्त हुनसक्छ ।

यसै वर्ष चीनले उत्तर कोरियामाथि दबाब दिनका लागि कोइलाको निर्यात रद्द गरेको थियो । यद्यपी यसपटक प्रतिबन्ध लगाइएपनि मिसाइल कार्यक्रमको विषयमा उत्तर कोरियाको दृष्टिकोणको कुनै परिवर्तन आएको छैन ।

सुरक्षा परिषद्मा भिटो ताकत भएको र उत्तर कोरियाको एक्लो अन्तर्राष्ट्रिय मित्र देश चीनले पनि यो प्रस्तावको समर्थनमा भोट गर्यो । योभन्दा पहिले चीनले थुप्रै पटक उत्तर कोरियाको पक्ष लिएको थियो ।

अमेरिकी राजदूतका अनुसार सुरक्षा परिषद्ले ब्यालेस्टिक मिसाइल गतिविधिहरुका कारण उत्तर कोरियाको सजायँ ‘एक नयाँ स्तरसम्म’ बढाएको छ । उनले चीनको समर्थनको पनि तारिफ गर्दै भने, ‘आज सुरक्षा परिषद् एक साथ मिलेर उत्तर कोरियाली तानाशाहलाई सन्देश दिएको छ । उत्तर कोरियाको गैरजिम्मेवारी र लापरवाह व्यवहार उनको लागि भारी परेको छ ।’

चीनियाँ राजदूत लिउ जिएईले उक्त प्रस्तावले कोरियाली प्रायद्वीपमा परमाणु गतिविधिहरु सम्बन्धि पूरा संसारको धारणा एउटै भएको बताए ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्