Logo
१३ आश्विन २०८१, आईतबार
(October 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्वार्कोमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 30, 2022

प्रतिक्रिया दिनुहोस्