Logo
१३ आश्विन २०८१, आईतबार
(October 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की र सुर्खेतबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् ।

प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: Oct 20, 2022

प्रतिक्रिया दिनुहोस्