Logo
१३ आश्विन २०८१, आईतबार
(October 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवा बासीको मन मनमा दिपक बोहरा : भोला बनिया

नेपालको पश्चिम मधेशको शहर भैरहवामा थुप्रैपटक राज्यबाट पछाडी पारिएको समुदायको आन्दोलन भएको छ । त्यस आन्दोलनमा त्यहाका चिरपरिचित नेताका रुपमा चिनिएका दिपक बोहरालेसाथ दिदै आएका छन् । त्यसैले उनी भैरहवा वासीको ढुकढुकी बनेका छन ।

भैरहवा यस्तो ठाउ हो जहा मुस्लिम, दलित, मधेसी र पहाडी समुदायको बसोवास भएको ठाउ हो । हरेक समुदायका मानिसलाई सधै आफ्नो परिवारको सदस्य ठान्ने बोहराले कसैलाई पनि भेदभाव गर्दैनन् । ठुला राजनितिक दलका नेताले दौरा सरुवाल लगाएर कार्यक्रममा जादा दिपक बोहरा मधेसको पोसाक लगाएर जाने गर्दछन । जसले मधेसका मानिसको छाती चौडा भएको छ ।

दिपक बोहराले गरेको कार्यक्रममा त्यहाको सांस्कृतिक झलकलाई हेर्ने हो भने मधेसको प्रतिनिधित्व गर्ने खालको हुन्छ । उनकै कारणले आज भैरहवा वासीले आत्म सम्मान पाएका छन् । त्यसैले जनताहरु भन्दैछन भैरहवाको लागि दिपक बोहराको खाँचो छ ।

हरेक व्यक्तिसामु विनम्रतासँग प्रस्तुत हुने बोहराको छवीका कारण त्यहाका मानिसहरु निकै रुचाउने गर्दछन । कसैको घरमा बिरामी पर्दा वा कसैको मृत्यु हुदा उनी आफुले सक्दो सहयोग गर्ने गर्दछन् । प्रष्ट रुपमा स्थानिय भाषा बोल्न सक्ने छवीका कारण उनी कहिले पनि भैरहवा वासीका लागि पराइ बनेनन् । त्यसैले दिपक बोहरा आएपछि मात्र विकास अगाडि बढ्छ भनेर स्थानियहरु भन्न थालेका छन् ।

अन्य ठाउबाट आयातित मान्छेले भैरहवा वासीको वास्तविक समस्या बुझ्न सक्दैन् । त्यसैले भैरहवाको समस्या बुझ्न भैरहवाकै स्थानिय हुनुपर्छ, अनिमात्र विकासले फड्को मार्छ भन्ने बुझाइ स्थानिय बासीको छ ।

तराई मधेशका ढुकढुकी रहेका बोहराले भैरहवावासीलाई नैतिकवान बन्न सिकाएका छन । उनको दृढ विश्वास रहेको छ की जनताले मलाई भोट दिन्छन र जिताउन्छन । उनले धर्म र राजनितिलाइ एकैसाथ लिएर हिड्छन ।

बोहरा भन्दछन सत्यताको सधै जित हुन्छ । उनी सत्यताबाट टाडा भागेका छैनन् । अनुचित कुरा प्रयोग गरेर उच्च मानिस बन्ने कोशिश गर्नुहुदैन भन्ने बोहराको धारणा रहेको छ । यिनि राज्यको प्रणाली समावेशी र समानुपातिक हुनुपर्छ भन्ने धारणा राख्दछन । यिनले पहाडी र मधेशी बिचमा समानता ल्याउने कार्य गरेका छन । यिनी हिन्दु मुस्लिम एकताका समर्थक मानिन्छन । त्यसैले यिनले भाषण गर्दा विभेद रहित भएर बोल्छन । यिनी भन्दछन म समाजको कल्याणको लागि राजनिति गरिरहेको छु । समाजको कल्याण हुनु भनेको नै मेरो कल्याण हो ।

भैरहवाको उल्लेख्य प्रगति गराउनुमा बोहराको ठुलो हात छ । समाजद्धारा माग गरिएको कुरा पुर्ती गर्नमा उनी व्यस्त रहन्छन । प्रचलित राज्यव्यवस्थाका दोषलाइ देखेर यिनी विचलित हुन्छन । यसैले बेलाबेलामा समानुपातिक समावेशि प्रणालीको आवाज उठाउछन । यिनले आफ्नो राजनितिक आदर्शलाई पछाडी पारिएका समुदायको उत्थानमा लगाएका छन ।

बोहरा सर्बोदयको विचारबाट प्रभावित छन । यिनी भन्दछन राजनितिको स्तर स्थानिय भयो भने प्रत्येक व्यक्तिले स्वाधिनताको अनुभव गर्दछ । यो अनुभव नै लोकतान्त्रिक पद्धतीको प्रमुख विशेषता हो । भैरहवाबाट चुनावमा उठेका अन्य व्यक्ति भन्दा फरक दिपक बोहरा त्यसैले मानिन्छन । भैरहवाको स्थानिय उनी नभएको भए यक्तिको विकास भैरहवामा हुदैनथ्यो ।

यिनले सामाजिक विकासलाई अधिक जोड दिएका छन । सामाजिक विकासलाइ बोहराले जोड दिदा पनि यिनका विरोधीले जनतामा भ्रम सृजना गरिरहेका छन । सामाजिक प्रगतिका बाधक भन्दै हिडिरहेका छन । सामाजिक परिवर्तन समाजलाई सकारात्मक तरिकाले हेर्ने व्यक्तिले मात्र गर्न सक्छ र त्यो दिपक बोहरामा रहेको छ । त्यसैले भैरहवा वासीहरु उनलाइ असाध्यै मन पराउछन ।

भैरहवाको सामाजिक संरचनालाइ मिलाएर लैजानुमा उनको योगदान छ । त्यसैले भैरहवा वासीहरु भन्दछन मेरो भोट दिपक बोहरालाई जान्छ । आज भैरहवामा जे जति परिवर्तन भएको छ त्यसको जस दिपक बोहरालाई जान्छ ।

आज भैरहवामा रहेको दुइवटा संस्कृति अर्थात् पहाडी संस्कृति र मधेशी संस्कृतिलाइ मिलाएर लैजानुमा उनको ठुलो योगदान छ । भैरहवामा रहेको औलामा गन्न सकिने शिखहरुलाइ पनि सम्मान दिएका छन । उनीहरुका हरेक चाडपर्वमा शुभकामना दिन्छन । यहाँ सम्म की उनको छत्रछायाँको कारणले कसैले भैरहवामा शिखहरुलाइ भारतिय भन्ने शाहस गर्दैन ।

बुद्ध धर्मावलम्वीहरु प्रति पनि उनको अगाध स्नेह रहेको छ । यसरी हरेक धर्मावलम्वीहरु बोहरालाइ साझा सदस्य ठान्दछन । हरेक समुदायका मानिससँग अन्र्तक्रिया गर्ने उनको बानीले उनको सङगठन पनि निकै बलियो छ ।

भैरहवाका बहुसंख्यक जातजातीहरु एकसुत्रमा बाध्ने काम बोहराले गरेका छन । औधोगिक क्षेत्रलाइ ध्यान दिदै विभिन्न लगानीकर्तालाई आफ्नो क्षेत्रमा आएर लगानी गर्न आग्रह गरेका छन । उनको आग्रहलाइ अधिकांशले सकारात्मक रुपमा स्वीकार गरेका छन । यसले भैरहवा वासीको शिर उचो भएको छ ।

समाज सुधारको अवस्थालाइ जोड दिदै निर्धनता तथा दयनिय स्थीति भएकाहरुलाइ सहयोग गरेका छन । समाजको कल्याण गर्नमा बोहरा अग्रपंतिमा रहेका छन । यसैले यिनी समाजका निर्वल एवम् शोषणको शिकार भएका व्यक्तिहरुको मुखियाको रुपमा चिनिन्छन । बोहरा सुखसुविधा भएका व्यक्ति भन्दा समाजमा निर्वल व्यक्तिहरुका विचमा बस्न रुचाउछन ।

भैरहवा क्षेत्रका मानिसहरु भन्छन बोहराले समाजको कल्याण हुने कार्य गरेका छन । यसैगरि समतामुलक समाजको कार्यन्वयनमा लागेका छन । नेता यस्तो हुनुपर्छ जसले समाजमा अनवरत रुपमा सुधार गर्न सकोस । यसले समाजमा गरिबी, अशिक्षा, अज्ञानता, बालविवाह, बहुविवाह हत्या जस्ता सामाजिक कूरुतीलाइ टाढा भगाउछ । उनी भन्छन पिछडिएको वर्गको विकास भएको खण्डमा मात्र सामाजिक कल्याण हुन्छ ।

सामाजिक निती यस्तो बनाउनुपर्छ, जहा स्वास्थय, शिक्षा, आवास, मनोरञ्जन सम्बन्धी सेवा समाजका सबै तह र तप्काका व्यक्तिले प्राप्त गर्न सकुन । बोहरा भन्छन समाज कल्याण निती सामाजिक संरचनालाइ फाइदा पु¥याउछ । समाज कल्याण एकाइ गठन गर्दा बोहराले भनेका छन् सबै तह तप्काका मानिसहरु सम्मलित हुनुपर्छ । यसले सबैको प्रतिनिधित्वको प्रस्तुती गर्छ ।

दिपक बोहराले पिछडिएका र जिर्वलहरुको समिती गठन गराएर उनीहरुलाइ हकअधिकार प्रति जागरुक बनाउने कार्य गरेका छन । जो सबै नेताले गर्न सक्दैनन । त्यसैले पनि यिनी भैरहवा वासीका मन मनमा बस्न सफल भएका छन् ।

भैरहवाको स्थानिय उम्मेदवारलाइ हेर्ने हो भने सबैभन्दा बढी समावेशिता र समानताको आवाज उठाउने व्यक्ति बोहरा नै हुन । जब जब बोहरा मन्त्री भएका छन तब तब भैरहवाको विकासले उचाइ पाएको छ ।

उनीले भैरहवाको सडक निर्माण, अस्पताल निर्माण, विद्यालय निर्माण, क्याम्पस पूर्वाधार निर्माणमा धेरै नै गरेका छन । शिक्षकको माग वा निजामती कर्मचारीको माग प्रति ध्यान आर्कषण गर्दै सम्बन्धित निकायलाइ घचघच्याउने कार्य गरेका छन । त्यसैले भैरहवाका जनता उनलाइ आदरपूर्वक हेर्ने गर्दछन ।

भैरहवाको विगतको अवस्थालाइ केलाउने हो भने निकै विकासमा पछाडि थियो । तर जबदेखि दिपक बोहरा भैरहवाबाट चुनाव लड्न थाले त्यसपछि मात्र भैरहवाले विकासमा फड्को मा¥र्यो ।आफ्नो क्षेत्रलाइ विभिन्न ठाउबाट बजेट माग गरेर विकास प्रक्रियालाइ अगाडि बढाएका छन । त्यसैले त भैरहवा वासीको मन मनमा दिपक बोहरा बसेका छन ।

दिपक बोहरा र विकास भैरहवाका लागि पर्यायवाची मानिन्छ । जहा बोहरा त्यहा विकास भनेर भैरहवाका मानिस भन्ने गर्दछन ठुला राजनितिक दल भनेर चिनिने कांग्रेस, एमाले, माओवादीले तराइ मधेशका मानिसहरुप्रति विभेदकारी निती लिइरहेको अवस्थामा उनले तराइ मधेशका मानिसलाइ कहिल्यै विभेद गरेनन बरु आत्म सम्मान दिए र दिइरहेका छन ।

उनको यस महानतालाइ भैरहवाका बुद्धिजिवी, शिक्षक, कर्मचारी, प्राध्यापक आदी सबैले नजिकैबाट नियालिरहेका छन र भन्दैछन भैरहवा भन्दा बाहिरका आयातित मान्छेलाइ स्थान दिइएको खण्डमा भैरहवाको विकास अगाडि बढ्न सक्दैन । त्यसैले दिपक बोहरा सक्षम उम्मेदवार हुन ।

नेपालको विकसित शहरमध्ये भैरहवा पनि एक हो । जसलाई राम्रो बनाउन दिपक बोहराको ठुलो हात छ । वि.सं. २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । त्यतीबेला मधेस आन्दोलनको रापतापले ओमप्रकाश यादव गुल्जारी चुनाव जिते । तर उनले केहि गरेनन् । त्यसपछि वि.सं. २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दिपक बोहरा विजयी भएपछि भैरहवाले हरेक क्षेत्रको विकासमा फड्को मारेको छ ।

सामाजिककल्याणमा निकै वृद्धि आएको छ । सामाजिक अन्यायमा निकै कमि आएको छ । गरिबहरु भोकै बस्नु परेन । तर वि.सं. २०७२ मा भएको मधेस आन्दोलनमा बोहराले सक्रिय भुमिका निर्वाह नगरेका कारण वि.सं. २०७४ को संघिय सांसदको चुनावमा घनश्याम भुसालसंग पराजित भए । तर अहिले उनको सोचमा धेरै नै परिवर्तन भएको छ ।

मधेशका मानिसलाइ असाध्यै माया गर्न थालेका छन । यसैले दिनप्रति दिन उनीप्रति जनलहर बढ्दो छ । गत स्थाथिय तहको चुनावलाइ आधार मान्ने हो भने राप्रपा, एमाले र जसपाको गठबन्धन बलियो देखिन्छ । त्यसैले भैरहवामा कांग्रसीहरु शसंकित छन । जीवनको लामो कालखण्ड राजनितीमै विताएका दिपक बोहरा राजनितीका माहिर खेलाडी मानिन्छन ।

राजनितीमा प्रखर देखिने उनको स्वभावले भैरहवाका मानिस खुसी देखिन्छन । बोहरालाइ जसरी भएपनि जिताउनुपर्छ भन्नेमा सम्पूर्ण भैरहवा वासी लागेका छन । दिपक बोहरा र विकास प्रयायवाची शब्द भएकाले विकासको लागी भएपनि बोहरालाइ नै जिताउनुपर्छ भन्ने निष्कर्षमा भैरहवा वासी पुगेका छन । यसैमा नै सबैको कल्याण हुनेछ ।

हामीले यस्ता चुन्नुपर्छ जसले विकासको लक्ष्य पुरा गर्न सकोस । परिस्थितीलाई विश्लेषण गर्न सकोस । योजनाको गुणात्मक तथा परिमाणात्मक आयामको ज्ञान होस । विशिष्ट उद्देश्य र रणनितीको निर्धारण गर्न सकोस । सेवाको उपयोग हुन सक्ने खालको संगठनको निर्माण गर्न सकोस ।

कार्यको परिवेक्षण र मुल्याङकन गर्न सक्ने खालको होस । जुन गुण दिपक बोहरामा रहेको छ । कृषि क्षेत्रमा आधुनिकरण प्रक्रिया थालेर उत्पादन बढाउने, प्राकृतिक संसाधनको सदुपयोग गर्ने, जनशक्तिको समुचित उपयोग गर्ने कार्यमा बोहरा गम्भिर रहेका छन । आफ्नो निर्वाचन क्षेत्रमा आवश्यकताहरु औल्याउदै समाधानको लागि मंसिर ४ पछि लागी पर्ने बोहराको भनाइ रहेको छ ।

भैरहवालाइ औधोगिकीकरणको क्षेत्रमा तीब्र रुपले अगाडी बढाउदै लैजान रणनिती उनको रहेको छ । बोहरा भन्दछन आर्थिक उत्पादनलाइ मात्र बढाएर हुदैन, सँगसँगै सामाजिक उत्पादन पनि हुनपर्दछ । निष्कर्षमा भन्न सकिन्छ की दिपक बोहरा यस्ता व्यक्ति हुन जसले सबै समुदाय, भाषा, धर्म, संस्कृतिका मानिसलाई एकत्रित रुपमा बाँधेर राखेका छन ।

यसले समाजको विकास क्रियाकलापलाई अगाडि बढाउन मद्दतगरेको छ । भैरहवा वासीको हरेक दुखसुखमा साथ दिएका छन । जुनसुकै समयमा पनि समाजका दुर्बल, असहाय रुपमा रहेका मानिसहरुका लागी मरिमेट्ने बोहरा भैरहवा वासीका ढुकढुकी बनेका छन । यसैले भैरहवाका मानिस भन्दछन बोहरा जसरी भएपनि जित्नुपर्छ अनिमात्र भैरहवा बासीका लागि खुसीको दिन आउछ । यस विषयमा सबै गम्भिर भएर बोहरालाइ जिताउनु जरुरी छ ।

प्रकाशित मिति: Oct 19, 2022

प्रतिक्रिया दिनुहोस्