Logo
१३ आश्विन २०८१, आईतबार
(October 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी  मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

जसअनुसार कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।

जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो ।

प्रकाशित मिति: Oct 14, 2022

प्रतिक्रिया दिनुहोस्