Logo
९ मंसिर २०८१, आईतबार
(September 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोनेत्स्कमा भएका शृंखलाबद्ध हमलामा १२ जनाको मृत्यु

किभ—पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरुको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन् ।

दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरुले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।

फेब्रुवरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।

प्रकाशित मिति: Sep 21, 2022

प्रतिक्रिया दिनुहोस्