Logo
१३ मंसिर २०८१, बिहीबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज सिलवालको मुद्दा फेरि पनि हेर्दा हेर्दैमा

काठमाण्डौ । आफूभन्दा कनिष्ठ प्रकाश अर्याललाई आइजिपी बनाएर आफूमाथि अन्याय भएको भन्दै नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ५ सदस्यीय पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ भइरहेको छ ।

बिहीबार सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि २६ गते फैसला आउने गरी पूर्ण इजलासले हेर्दा हेर्दैमा राखेको हो । बिहीबार सिलवालको पक्षबाट बरिष्ठ अधिधवक्ता हरिहर दाहाल, बद्रीवहादुर कार्की, तुलसी भट्ट, टिकाराम भट्टराई, दिपेन्द्र झा लगायतका वकिलले बहस गरेका थिए ।

उनीहरुले प्रकाश अर्याललाई आईजीपी नियुक्ति गर्ने तत्कालिन सरकारको निर्णय नै अवैधानिक भएको जिकिर गर्दै निर्णय बदरभागी हुने र सिलवाल आईजीपी हुनुपर्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्